जनता अभियान शुक्रबार, चैत्र १०, २०७९

राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख ९० हजार ५१२ जना नेपाली विदेशमा बसोबास गर्ने पाइएको छ ।
१५ लाख ५५ हजार ९६१ घर परिवारका १७ लाख ९९ हजार ६७५ पुरुष र ३ लाख ९० हजार ९१७ जना महिला गरी २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित विदेशमा अक्सर बसोबास गर्ने नेपालीको सङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख छ ।
यो सङ्ख्या २०६८ सालको राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो ।
२०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो ।
यहाँ कमेन्ट गर्नुहोस्