फिफा महिला वरीयता नेपालको तीन स्थान सुधार

जनता अभियान शुक्रबार, चैत्र १०, २०७९

फिफा महिला वरीयतामा नेपालको तीन स्थान सुधार भएको छ ।

शुक्रबार विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता तीन स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ । अघिल्लो पटकको वरीयतामा समेत नेपाल १०३ औं स्थानमा रहेको थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औं स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६१ औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ । इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै क्यानडा छैठौं,  स्पेन सातौं, नेदरल्यान्ड्स आठौं,  ब्राजिल नवौं र अष्ट्रेलिया १० औं स्थानमा रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्