जनता अभियान शुक्रबार, चैत्र १०, २०७९

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
भेटवार्तामा समसामयिक राजनीतिलगायत विषयमा कुराकानी भएको बताइएको छ । भेटमा नेकपा ब्युँताउनेदेखि सरकार बिस्तार गर्नेसम्मका कुराकानी भएका छन् । कुराकानीबारे जानकारी दिँदै नेपालले भने, ‘आज बिहान मात्रै मैले प्रधानमन्त्रीजीलाई भनेँ– यो जीन्दगीमा धन भन्ने चिजले के गर्छ हँ? तपाईंको श्रीमती अस्वस्थ भई कष्टपूर्ण जीवन बिताउँदै हुनुहुन्छ । त्यसबाहेक तपाईंका सन्तान सबै हुर्किसकेका छन । त्यसो हुनाले तपाईं पैसाको लोभ नगर्नुस है ।’
देशमा क्षमता भए पनि अवसर नपाएका मानिस धेरै भएको उनले बताए ।‘लोभमा हामी फस्यौं भने देश खत्तम हुन्छ। बल्लबल्ल श्रीलंका हुनबाट उम्कन लागेको छ। पैसाबिना कुनै पनि फाइल र कुनै पनि काम हुँदै हुँदैन। यो स्थिति कसरी अन्त्य गर्ने?,’ उनले भने।
आफू प्रधानमन्त्री भएका बेला २२ पार्टीलाई मिलाएर मुलुक चलाएको बताउँदै अध्यक्ष नेपालले १० पार्टीलाई मिलाएर अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष नेपालले आफूलाई राष्ट्रपति बन्ने प्रस्ताव आए पनि नबनेको बताए ।