नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित

जनता अभियान शुक्रबार, चैत्र १०, २०७९

राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेको जनाएको छ ।

कार्यालयले प्राप्त नतिजाअनुसार १० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्ति अविवाहित रहेका छन जसमा पुरुष ३८.२ प्रतिशत र महिला २८.४ प्रतिशत रहेको जनाएको छ ।

त्यसैगरी १० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिमध्ये ६१।८ प्रतिशत हाल विवाहित अवस्थामा रहेको तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा उल्लेख छ । हाल विवाहित पुरुष र महिलाहरूको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्