लुम्बिनी प्रदेश : मुख्यमन्त्रीमा काङ्ग्रेसका डिल्लीबहादुर चौधरीको दाबी पेस

जनता अभियान आइतबार, चैत्र १२, २०७९

लुम्बिनी प्रदेशमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

माओवादी केन्द्र, जनमत, जसपा, लोसपासहित आठ दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।

माओवादी केन्द्रसहितका दलहरूले सरकार छाडेर समर्थन फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेका छन् ।

तर अल्पमतमा परेपछि विश्वासको मत लिन एक महिना समय हुँदाहुँदै पनि मुख्यमन्त्रीमा चौधरीले दाबी पेस गरेका छन् । v

यहाँ कमेन्ट गर्नुहोस्