जनता अभियान सोमबार, चैत्र १३, २०७९

कांग्रेसका नेता प्रकाशमान सिंहले आदर्श र मूल्यमान्यताको राजनीति संकटमा परेको बताएका छन् ।
आज काठमाडौंमा स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण कार्यक्रममा बोल्दै सिंहले २०४६ सालको जनआन्दोलनपछि आदर्श र मूल्यमान्यताको राजनीति संकटमा परेको बताएका हुन । उनले भने, ‘संस्थापक नेताहरूको जस्तो आदर्शको राजनीति अहिले कांग्रेसले भुल्दै गएको छ । संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले ध्यान दिन सकेका छैनौं ।’
उनले संकटका बेला नवीन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन बिस्तार गरिएको पनि स्मरण गरेका थिए ।
यहाँ कमेन्ट गर्नुहोस्