शिक्षा भन्दा ठूलो धन केही छैन् : उपराष्ट्रपति यादब

जनता अभियान सोमबार, चैत्र १३, २०७९

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा भन्दा ठूलो धन केही नभएको बताएका छन् । गृह जिल्लामा रहेको गढीमाई मन्दिरको दर्शन गर्न बारा आएका उपराष्ट्रपति यादवले महागढीमाई नगरपालिकाले आइतबार बरियारपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले आफू सामान्य परिवारको व्यक्ति भएको बताउँदै आफूले धनको रुपमा पाएको पढाई लेखाईले नै देशको उपराष्ट्रपति बन्न सफल भएको बताए । देशको शिक्षा र स्वास्थ्यलाई विकासको पहिलो प्राथमिकतामा राखेर यस क्षेत्रको उत्थानकोलागि पहल गर्ने बताए ।

एक दिनको बसाइ पछि काठमाण्डु फर्किने उनको कार्यक्रम रहेको छ । बारा आएलगत्तै उपराष्ट्रपति यादवले बरियारपुरमा रहेको गढीमाई मन्दिरमा पूजाअर्चना गरेका थिए । पूजा अर्चनासंगै बरियारपुरमा आयोजित कार्यक्रममा समेत उपराष्ट्रपति यादव सहभागी भएका थिए । आफू निर्वाचित क्षेत्रमा समेत पर्ने गढीमाई मन्दिरमा पूजा गर्दै उनले दुई दिने भ्रमणको सुरुवात गरेका थिए ।

उपराष्ट्रपतिको स्वागतमा मधेशप्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संयीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरु, पालिका प्रमुखहरु, स्थानीय प्रहरी प्रशासनका प्रमुखहरु, जिल्लाका सरकारी कार्यलयका कर्मचारीहरु र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुको सिमरा विमानस्थलमा भीड लागेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्