मन्त्रीहरूले लिए राष्ट्रपतिबाट सपथ

जनता अभियान शुक्रबार, चैत्र १७, २०७९

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएका हुन्।

नेपाली कांग्रेसबाट चार सांसद मन्त्री नियुक्त भएका छन्। उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन्।

डा. प्रकाशशरण महत अर्थमन्त्री भएका छन्। रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री नियुक्त भएकी छिन्।

जनता समाजवादी पार्टी (जसपा)का अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन्।

एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुन्छी विकास मन्त्री भएका छन्। उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका छन्।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन्।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने भौतिकबाट गृह मन्त्रालय पुगेका छन्।

सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराँती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदी यथावत् छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी छिन्।

यहाँ कमेन्ट गर्नुहोस्