जनता अभियान शुक्रबार, चैत्र १७, २०७९

कोसी ब्यारेजमा टायर पन्चर भएर कार पल्टिँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सुनसरी इनरुवा नगरपालिका-५ का ६५ वर्षीया लीलाबहादुर कार्की रहेका छन्।
उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान ११ बजे मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए।
उनका अनुसार पूर्वबाट पश्चिम गइरहेको बा१९च ५५७६ नम्बरको कार कोसी ब्यारेजको बीचमा टायर पन्चर भएर बिहान साढे ८ बजे पल्टेको थियो।
कार पल्टिँदा कार्की गम्भीर घाइते भएका थिए। उनलाई भारदह अस्पतालमा सामान्य उपचारपछि नोबेल अस्पताल लगिएको थियो।
कार दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा उपयपुर त्रियुगा नगरपालिका-१० का ८३ का योग्यबहादुर कार्की र चालक खोटाङ मार्फा-२ का ५९ कोराजकुमार नेपाल छन्।
उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको सिंहले बताए।