विश्वभरिका हिंदूहरूको संरक्षित क्षेत्र नेपाल : पं राम कुमार शास्त्री

जनता अभियान शनिबार, चैत्र १८, २०७९

काठमाडौँ ।भारत नेपालमा ख्याति प्राप्त धर्म संस्कृति संरक्षक पंडित राम कुमार शास्त्रीले हिंदू समाज विभिन्न षडयन्त्रको शिकार भईरहेको बताएका छन् ।

गत बिहिवार राम नवमी को अवसरमा देशभर निकालिएको शोभा यात्रा प्रति केहीं मिडियाले सुनियोजित र लक्षित समाचार बनाएको भनि उनले आक्रमक पोस्ट गरेका छन् । उनले नेपाल लाई विश्वभरिका हिंदुहरूको आस्थाको केन्द्र भएको र तसर्थ यसलाई हिंदू समाजको लागि विशेष संरक्षित क्षेत्रको अवधारणा अनुरूप योजना बनाउनु पर्ने ध्येय राखेका छन् । उनले पुनः हिंदू राष्ट्र कायम गरि देशलाई राजनितिक विकृति बाट जोगाउनु पर्ने उल्लेख गरेका छन् ।

उनको फेसबुक पोस्ट :

केहींं मिडियाहरू प्रति विशेष समर्पित :

हिजो अस्ति सम्म संवैधानिक रुममै हिंदू राष्ट्र रहेको नेपालमा आज रामनवमी को शोभा यात्रा माथी प्रश्न उठाईदै छ । यो बिल्कुल सुनियोजित षड़यन्त्रको हिस्सा हो ।

हिंदूहरु आक्रमक भाएको भए देश कदापि धर्म निरपेक्ष हुन सकदैन्थ्यो ।

हिंदू समाज एकत्रित भइरहँदा केहि नकारात्मक मनोभावका व्यक्ति र संस्था चिंतित देखिएका छन् । यसको विभिन्न राजनितीक स्वार्थ नि हुन सक्छ । तर हामी कदापी भ्रमित हुनु हुँदैन ।

पाकिस्तान – बंगलादेशमा दर्जनौँ घटना घट्छन । हिंदूहरूको पर्व त्योहार लक्षित आक्रमण हुन्छ । मंदिरमा तोड़फोड़ हुन्छ । र त्यो सब कानुन को संरक्षणमा भइरहेको हुन्छ ।
अर्थात हिंदू समाजको लागि कुनै प्रकारको संवैधानिक स्वतंत्रता छैन , लोकतान्त्रिक अधिकार नै छैन । मिडियामा न्युन कवरेज पनि हुँदैन ।

नेपाल मै पनि हिंदू लक्षित घटनाहरू सुनियोजित रुपमा बढ्दै गएको छ । त्यसको बिषयमा चर्चा समेत हुँदैन ।

उता त छँदै थियो अब नेपालमा पनि हिंदू समाज आफ्नो धर्म पालन संस्कृतिको संरक्षण गर्न अग्रसर हुनु कसैको लागि अपच्य भइरहेको देखिन्छ ।

मेरो विचार स्पष्ट छ , संसारभरिका हिंदूहरुको आस्था को केंद्र रहेको एकमात्र देश पवित्र तिर्थस्थलहरुको साझा भुमि नेपाल लाई पुनः हिन्दु राष्ट्र कायम गर्नुपर्दछ ।

यो देश विश्व भरिको हिंदूहरूको संरक्षित क्षेत्र को रुपमा स्थापित हुनु पर्दछ । पशुपतिनाथ को देश हो नेपाल । जानकी माता को जन्मस्थली हो नेपाल ।

यहाँ कमेन्ट गर्नुहोस्