बलिउड स्टार आमिर खान ‘धुम ४’ मा देखिने

जनता अभियान शुक्रबार, चैत्र २४, २०७९

बलिउड स्टार आमिर खान ‘धुम ४’ मा देखिने भएका छन् ।

हालै आमिरले यशराज फिल्म्सलाई एक्सन फिल्म ‘धुम’ सिरिजको सिक्वेल बनाउन र फिल्मका पात्र ‘साहिर’ र ‘समर’ लाई पर्दामा फिर्ता ल्याउन अनुरोध गरेका छन् । गत वर्ष रिलिज भएको ‘लाल सिंह चड्ढा’बाट आमिर ब्रेकमा छन् । उक्त फिल्म बक्स अफिसमा नराम्ररी फ्लप भएको थियो ।

रिपोर्टहरूका अनुसार ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर आफ्नो फिल्मलाई लिएर सचेत भएका छन् । स्पेनिस फिल्म क्याम्पियोन्सको हिन्दी रिमेकमा अभिनय गर्न आमिरले अन्तिम मिनेटमा अस्वीकार गरेका थिए । पत्रकार सम्मेलनमा आमिरले आफ्नो परिवारसँग समय बिताउन यस्तो गरेको बताए । यो फिल्मलाई ‘शुभ मंगल ज्यादा सावधान’का निर्देशक आरएस प्रसन्नले निर्देशन गर्न लागेका हुन । आमिरले फिल्ममा अभिनय गर्नुको सट्टा निर्माण गर्ने रोजेका थिए ।

‘पठान’को सफलतापछि यशराज स्पाई युनिभर्सको ‘टाइगर ३’ पनि निर्माणमा छ । जसका कारण आमिरले आदित्य चोपडालाई धुमको सिक्वेल रिलिज गर्न अनुरोध गरेका हुन ।  ईटाइम्सको रिपोर्टका अनुसार आमिर खान पनि धुमको सिक्वेलबाट आफ्नो क्यारेक्टर फिर्ता ल्याउन चाहन्छन ।

यहाँ कमेन्ट गर्नुहोस्