जनता अभियान मंगलबार, चैत्र २८, २०७९

सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड मागेको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बस्दैछ।
बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको छ।
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सोमबार उनको फेरी अर्को अडियो सार्वजनिक भएको हो।
रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन्।स्पष्टीकरणमा उनले उक्त अडियो आफ्नो नभइ सम्पादन गरिएको दाबी गर्दै आएका छन्।
यहाँ कमेन्ट गर्नुहोस्