कोटिहोम लगेर झापामा २० वर्षीया युवतीमाथि बलात्कार, एक पक्राउ

जनता अभियान मंगलबार, चैत्र २८, २०७९

२० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा झापाबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेल छन्। उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

भुजेलले ती युवतीलाई कनकाई नगरपालिका-४ कोटिहोम घाटछेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति बलात्कार गरेको झापा प्रहरीले जनाएको छ।

उजुरी परेपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्