जनता अभियान बुधबार, चैत्र २९, २०७९

सप्तरीमा पानीमा डुबेर ११ महिने बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका-४ छपकी भलोलका राज मुखिया रहेका छन्।
उनको मंगलबार बेलुका मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए।
मुखिया घरदेखि पूर्वपट्टी रहेको पोखरीमा खेल्दैथिए। पोखरीमा डुबेर गम्भीर घाइते भएका उनलाई छिन्नमस्ता अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले बालकलाई मृत घोषणा गरेको सिंहले बताए।
यहाँ कमेन्ट गर्नुहोस्