जनता अभियान बिहिबार, चैत्र ३०, २०७९

झापाको मेचिनगरपालिका धाईजनबाट ९ ग्राम लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २० वर्षीय अनुजा राजबंशी रहेकी छन्।
बुधबार बेलुका चारआलीबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ९ ग्राम फेला परेको ईलाका प्रहरी कार्यालय धुलाबारले जनाएको छ।
५ महिना अघि राजबंशी लागुऔषध सम्बन्धी मुद्धामा झापा कारागारमा सजाय भुक्तान गरिरहेको थिइन्।
यहाँ कमेन्ट गर्नुहोस्