मेयर कप जनकपुरधाम : सप्तरीलाई हराउँदै धनुषा फाइनलमा

जनता अभियान बिहिबार, चैत्र ३०, २०७९

जनकपुरधाममा जारी ‘जनकपुरधाम मेयर कप टी-२० क्रिकेट प्रतियोगिता’ मा सप्तरीलाई हराउँदै धनुषा फाइनलमा प्रवेश गरेको छ।

श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सप्तरीलाई पराजित गर्दै धनुषा फाइनलमा पुगेको छ।

टस जितेर ब्याटिङ गरेको सप्तरी २० ओभरमा सबै विकेट गुमाई ७७ रनको झिनो लक्ष्य मात्रै तयार पार्न सकेको थियो।

सप्तरीका लागि अभिशेष थापा अविजित ३४ र रोहन विके १५ बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

धनुषाका लागि हरिशंकर साह २, शरद भेषवाकर २, कृष्ण कार्की २ र विशाल सुशलिङ्गले १ विकेट लिएका थिए।

७८ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको धनुषा १४.४ ओभरमै तीन विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। धनुषाको जितमा विशाल सुशलिङ्ग ३८ र हिमांशु दत्त १५ र अकवर अलि ११ रनका पारि खेलेका थिए।

सप्तरीको बलरहरू विकास दास, राहुल मण्डल र पप्पु यादवले एक-एक विकेट लिएका थिए। खेलमा धनुषाका लागि १ विकेट र ३८ रन जाडेका सुशलिङ्ग म्यान अफ दि म्याच चुनिए।

यहाँ कमेन्ट गर्नुहोस्