जनता अभियान मंगलबार, बैशाख ०५, २०८०

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर लिगको मलेसियाविरुद्धको पहिलो खेलमा नेपालले शानदार जीत हासिल गरेको छ ।
नेपालले ८२ बल बाँकी छँदै छ विकेटले यो खेल जितेको हो ।५० ओभरमा २३६ रनको विजयी लक्ष्य पाएको नेपालले ३६.२ ओभरमै जीत हासिल गरेको हो । नेपालक लागि दिपेन्द्र सिंह ऐरीले चौका प्रहार गर्दै नेपाललाई जीत दिलाए । नेपालले चार विकेट गुमाएर २३७ रन बनायो ।
नेपालको जीतका हीरो कुशल मल्ल तथा भीम सार्की रहे । कुशलले ४० बलमा अविजित रहँदै ७० रन बनाए, जसमा पाँच चौका तथा पाँच छक्का समावेश छन् । भीम सार्कीले ९८ बलमा ७१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३८ रन, कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिए ।
यहाँ कमेन्ट गर्नुहोस्