जनता अभियान मंगलबार, बैशाख ०५, २०८०

भारतीय डान्सर तथा अभिनेता राघव जुयाल आगामी फिल्म ‘किसीका भाइ किसीकी जान’ को प्रमोशनमा व्यस्त छन्। यो फिल्ममा उनी पहिलो पटक सलमान खानसँग स्क्रीन सेयर गर्दैछन्।
केही समयअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलर सार्वजनिक कार्यक्रममा सलमान खानले फिल्म सेटमा दुई जनाको ‘केमेस्ट्री’देखेको तर उनीहरूले सम्बन्ध अगाडि बढाउने कोसिस नगरेको बताएका थिए।उक्त कुरा सलमानले शहनाज गिल र राघव जुयाललाई इसारा गर्दै भनेका थिए। तर राघवले यस कुरालाई अस्विकार गरेका छन्।
‘म फिल्मको लागि आएको हुँ। दर्शकले मलाई एक अभिनेता, डान्सर र होस्टको रूपमा चिनून् भन्ने चाहन्छु। प्रेम सम्बन्धको कारणभन्दा पनि मेरो कामको चर्चा होस् भन्ने चाहन्छु। म डबल शिफ्ट काम गरिरहेको छु। यस्ता कुराको लागि मसँग समय छैन। त्यसैले म आफ्नो कामबारे मात्रै कुरा गर्न चाहन्छु,ु उनले एक अन्तर्वातामा भने। केही समयअघि शहनाज र राघव प्रेम सम्बन्धमा रहेको कुरा बाहिरिएको थियो।
यसैबीच सलमानले ‘किसिका भाइ किसिकी जान’ को सेटमा एक जोडीको ‘केमेस्ट्री’ देखेको बताएका हुन्।इदको अवसर पारेर अप्रिल २१ देखि सलमान खानको फिल्म ‘किसिका भाइ किसिकी जान’रिलिज हुँदैछ।फरहाद सम्जीले निर्देशन गरेको फिल्ममा सलमानसँगै पूजा हेग्डे, शहनाज गिल, राघव जुयाल, पलक तिवारी, भाग्यश्री, भूमिका चावलालगायत कलाकारको अभिनय छ।