थप १०८ जनामा कोरोना पुष्टि

जनता अभियान बुधबार, बैशाख ०६, २०८०

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ हजार ४ सय ५० जनामा परिक्षण गर्दा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या ३ सय ८६ रहेको मन्त्रालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्