मधेश प्रदेशले १ लाख किसानलाई पशुचौपाया वितरण गर्दै

जनता अभियान शुक्रबार, बैशाख ०८, २०८०

 मधेस प्रदेश सरकारले १ लाख किसानलाई जीविकोपार्जनका लागि पशुचौपाया वितरण गर्दैछ ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले गरिब, विपन्न तथा गरिखाने किसानहरूको लागि गाई, भैंसी तथा बाख्रा वितरण गर्न लागिएको जानकारी दिएका हुन् । उनले आर्थिक वर्ष २०८०÷०८१ को ३१ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मधेस प्रदेश कृषिको लागि उर्वरभूमि भएकोले मन्त्रालयले कृषिलाई प्रधानको रूपमा प्राथमिकता दिएर विशेष कृषि क्षेत्रका योजनाहरूलाई अगाडि बढाउन लागिएको बताए ।

उनले प्रत्येक वर्ष मलको अभाव भइरहेका बेला रासायनिक मललाई विस्तारै विस्थापन गर्दै जैविक तथा प्राङ्गारिक मलको उत्पादन तथा उत्पादकत्व बढाउन मन्त्रालय लागि परेको जिकिरि गरे ।मन्त्री कुशवाहाले  किसानलाई आत्मनिर्भर बनाउन किसानहरूको पहिचान गरी १ लाख किसानलाई गाई, भैंसी र बाख्रा वितरण गरिने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्