जनता अभियान शुक्रबार, बैशाख ०८, २०८०

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा घरेलु टिम नेपालले ओमानलाई जितको लागि ३ सय ११ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३१० रन बनायो । नेपालका लागि कुशल मल्लले शतक पूरा गरे । उनले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।
सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए । १० टिम रहेको एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्