भ्वाइस अफ नेपाल सिजन ५ को आवेदन खुला

जनता अभियान शुक्रबार, बैशाख ०८, २०८०

टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को आवेदन खुला भएको छ । इच्छुकले वैशाख २३ गतेसम्म आवेदन दिनसक्ने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

दशैंअघि प्रसारण योजना बनाइएको पाँचौं सिजनमा देश विदेशबाट जसले पनि आवेदन दिन सक्नेछन् ।नेपाली गीत रेकर्ड गरेर ह्वाट्स एप नम्बर ९८१०१२४११० मा पठाउन सकिने भएको छ ।

१६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले भाग लिन पाउनेछन् । इच्छुकले उक्त ह्वाट्स एप नम्बरमा व्यक्तिगत परिचय र सम्पर्क खुल्ने ठेगानासहित गीत पठाउन सक्ने भएका छन् । ‘जुनसुकै राष्ट्रियताका व्यक्तिले आवेदन दिन सक्नेछन् तर नेपाली गीत-संगीत हुनुपर्‍यो,’ उनले भने ।

 

यहाँ कमेन्ट गर्नुहोस्