काठमाडौं महानगर प्रमुख बालेनविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्चमा जारी

जनता अभियान शुक्रबार, बैशाख ०८, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानथ सिंह राउतको एकल इजलासमा जारी रहेको छ ।

यस अघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुनुवाइ हुन सकेको थिएन।आज (शुक्रबार) न्यायाधीश राउतको इजलासमा सुनुवाइ भइरहेको सर्वोच्चले जनाएको छ।बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्चले जनाएको छ।त्यसअघि मङ्गलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी तोकिएपनि मुद्दा ‘हेर्न नभ्याइने’मा परेको थियो ।

महानगरले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।अधिवक्ता पदम श्रेष्ठले दायर गर्नुभएको उक्त रिटमा काठमाडौं महानगरले कानुन विपरीत फोहोर सङ्कलन नगरेको उल्लेख छ

यहाँ कमेन्ट गर्नुहोस्