चितवन २ मा मंसिरमा भन्दा ५ प्रतिशत कम मत खस्यो

जनता अभियान आइतबार, बैशाख १०, २०८०

चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत मंसिरमा ६७.६३ पहिला खसेकोमा यसपटक भने ६२.७७ प्रतिशत मत खसेको छ ।

चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको छ ।

मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो । त्यतिबेला १ लाख २४ हजार २१७ मतदाता थिए ।

यहाँ कमेन्ट गर्नुहोस्