हिन्दू राष्ट्र बनाउनका लागि गरियो समिती गठन देवानगञ्जमा

हिन्दू राष्ट्र बनाउनका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका पालिका स्तरीय समिती गठन गरियो

विनोद मेहता शनिबार, आश्विन ३०, २०७८

हिन्दू राष्ट्र बनाउनका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानका पालिका स्तरीय समिती गठन गरेको छ । जनता अभियानका सञ्चालक बिनोद मेहताको आयोजनामा सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज हिन्दू राष्ट्र बनाउनका लागि गाउँगाउँमा हामी जाऔँ, आफ्नो धर्म आफैले बचाऔँ नाराको साथ संयोजक र स–संयोजक सहित १७ सदस्यीय समीती गठन गरेको हो । अर्काको नक्कल गर्दा आफ्नो सक्कली पहिचान हराउने भएकोले आफ्नो धर्म सस्कृति, सभ्यता र कर्ममा अडिग रहेर हिन्दू राष्ट्र बनाउन जोड दिएको छ ।
देवानगंज गाउँपालिका मा रहेको श्री रामजानकी मन्दिर प्रांगनमा बसेको बैठक बाट प्रशान्त भगतको संयोजकमा समिति गठन भएको राष्ट्रिय विश्व हिन्दु परिसदको सचिव रन्जीत मेहताले जानकारी दिए । । त्यसै गरि सहसंयोजक गोपाल गुप्ता लगायत १७ सदस्य समिति गठन भएको हो।

उक्त कार्यक्रममा वक्ताहरू आफ्ना विचार राख्दै नेपाल लाई पुनः हिन्दूराष्ट्र बनाउनु पर्ने मा जोड दिए। नितान्त सांस्कृतिक अभियानका रूपमा अघि बढ्ने भन्दै यसका अभियन्ताले उल्लेख गरेका छन् । हिन्दू राष्ट्रको हाम्रो धारणा सांस्कृतिक हो । हिन्दुत्व नै नेपालको सांस्कृतिक पहिचान रहेको विश्व हिन्दु परिसद एकल विधालयको कार्यकार्ता रामेश्वर यादव बताए ।

नेपालमा अत्यन्त प्राचीन कालदेखि चलिआएको एउटा विशेष प्रकारको ‘राष्ट्र जीवन’ छ । भिन्न–भिन्न सम्प्रदाय, भाषा र प्राकृतिक संरचनामा आधारित लवाई–खवाईका कारण विविधता देखिए पनि धार्मिक–सांस्कृतिक रूपमा ‘एकता’ यहाँको जीवनशैलीको परिचय हो। यसमा सबैको आदर्श समान छन्, राष्ट्रको उन्नतिका लागि आकांक्षा, अनुभूतिहरु, शत्रु–मित्र, विश्वास र परम्परामा समानता रहिआएको छ । यसै राष्ट्र जीवनको नाम ‘हिन्दू राष्ट्र’ हो । त्यसैले लोभ, भय, बल, भ्रम, आदिको भरमा चलेको विधर्मीको कारणले धर्मनिरपेक्षता र धर्मपरिर्वतन बारे आफु निकटको समाजलाई सचेत बनाउन विश्व हिन्दु परिसद किसानको केन्द्रिय सचिव बुधनारायण यादव अपिल गरे ।

कार्यक्रममा मा हिन्दू स्वयंसेवक संघ नेपाल देवानगंज गाउँपालिकाका कार्यवाहक नन्दकिशोर मेहता, हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियान प्रदेश नं १ का पुर्णकालिक कार्यकर्ता रामेश्वर यादव, नरेश मेहता, जयकृष्ण मेहता, विकास ठाकुर, राजीव कुशवाहा, अमलेश मेहता लगायतको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्