सहिद स्मारक ए डिभिजन लिग : रोयल ब्लु र सातदोबाटो युथ क्लब बराबरी

जनता अभियान आइतबार, बैशाख १०, २०८०

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रोयल ब्लु र सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ।

ललितपुरस्थीत च्यासल मैदानमा आइतबार सातदोबाटोले हिमालयन शेर्पा क्लबसँग २-२ गोलको बराबरी खेलेको हो। खेलको पहिलो मिनेटमै दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको ७२ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए। खेलको ८० औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को अग्रता दिलाए।

त्यसपछि खेलको ८३ औं मिनेटमा सुशील राईले गोल गर्दै हिमालयनलाई २-२ गोलको बराबरीमा ल्याए।

यस बराबरीसँगै सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ। हिमालयनले ११ खेलमा १० अंक जोडेको छ।

यहाँ कमेन्ट गर्नुहोस्