पुनरागमन जितसहित चर्च ब्वाइज लिगको दोस्रो स्थानमा

जनता अभियान बुधबार, बैशाख २०, २०८०

फ्रेण्ड्स क्लबसँग पछि परेको स्थितिलाई उल्टाउँदै २–१ को जितका साथ चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा चर्च ब्वाइजलाई महत्वपूर्ण तीन अंक दिलाउन खेलको अन्तिम चार मिनेटमा अन्जन विष्ट र आशिष चापागाईंले गोल गरे ।

१४औं मिनेटमै विदेशी डिफेण्डर बेन नास क्वान्साको गोलमा अघि बढेको फ्रेण्डस् अन्तिम समयमा सम्हालिन सकेन ।

चर्च ब्वाइजका लागि ८६औं मिनेटमा अन्जनले गोल गरी खेल बराबरीमा ल्याए । आशिषले ९०औं मिनेटमा विजयी गोल गरे ।

१४औं चरणको खेलमा ३ अंक थपेर चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ ।

समान १४ खेलबाट शीर्ष स्थानको जावलाखेलसँगै २४ अंक भए पनि गोलअन्तरमा चर्च ब्वाइज पछि परेको हो ।  १४औं चरणको खेलमा जावलाखेलले मंगलबार नेपाल पुलिससँग पराजय ब्यहोरेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्