प्रसाद २ र नाइँ नभन्नु ल ६ ले कति कमाए ?

जनता अभियान सोमबार, बैशाख २५, २०८०

‘नाइँ नभन्नु ल ६’ पहिलो साता नै हलबाट हटेको छ । फिल्मले आफ्नै पूर्वश्रृंखलाको उपलब्धिलाई हासिल गर्न सकेन । चलेको ब्राण्ड नै सात दिनमा हलबाट उत्रिएको पहिलोपटक हो ।

ब्राण्ड र आँचल शर्मासहित अन्य कलाकारको फेसभ्यालुले पनि विरासतलाई जोगाउन सकेन ।चलचित्र विकास बोर्डका अनुसार सात दिनमा फिल्मले २५ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । गत साता नै रिलिज भएको अर्को नेपाली फिल्म ‘प्रसाद २’ को कमाइ पनि निकै कमजोर हो । चलेको फिल्मको सिक्वेल भएकाले यसको पहिलो साताको कमाइ कम्तीमा डेढदेखि दुई करोड ग्रस अनुमान थियो ।

तर बोर्डका अनुसार फिल्मको पहिलो साताको कमाइ ७० लाख रुपैयाँ ग्रस हाराहारीमा छ ।शुक्रबार र शनिबारको सार्वजनिक बिदाको कारण ‘प्रसाद २’ को कमाइमा केही सुधार हुने अनुमान गर्न सकिन्छ । चौथो सातामा प्रवेश गरेको ‘जारी’ले पनि पछिल्लो सप्ताहन्तमा सुखद कमाइ गरिरहेको छ । शुक्रबार र शनिबारको बिदामा सन्तोषजनक अकुपेन्सी देखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्