लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु निर्वाचन १४ गते

जनता अभियान बिहिबार, जेठ ०४, २०८०

रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ ।

गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला लगाएपछि चुनाव हुन सकेको थिएन ।

चुनाव स्थगित भएपछि क्याम्पसका विद्यार्थीहरुले निर्वाचन प्रक्रिया पुन: सञ्चालन गर्न माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख ११ गतेसम्म स्ववियु निर्वाचनको मिति तोक्न उत्प्रेषणयुक्त आदेश दिएको थियो ।

अदालतको आदेशपछि निर्वाचन समितिले क्याम्पसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जेठ ११ गते मनोनयन दर्ता र १४ गते मतदान गर्ने गरी तालिका सार्वजनिक गरिएको निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए ।

क्याम्पसमा चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विगतमा नेपाल विद्यार्थी संघको वर्चश्व रहेको यो क्याम्पसमा पछिल्ला स्ववियु निर्वाचनहरुमा एमाले निकट अनेरास्ववियुले जित्दै आएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्