जनता अभियान शनिबार, जेठ ०६, २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले राम्रो काम गरेको र त्यति धेरै बदनाम नभएको बताएकी छन् ।
प्रेस सेन्टरको प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले विगतको र अहिलेको सरकारमा माओवादी मन्त्रीहरुले राम्रो काम गरेको दाबी गरेकी हुन् ।
माओवादी केन्द्रबाटै मन्त्री बनेकी शर्माले अगाडि भनिन्, ‘जे जति राम्रा काम भएका छन् ती माओवादी मन्त्रीकै कारण बढी भएका छन् । अरुले गर्दै गरेनन्, मैले यसो भन्न खोजिराखेको छैन । तर माओवादी मन्त्रीकै कारण बढी भइरहेका छन् ।’
यहाँ कमेन्ट गर्नुहोस्