दाङमा बलात्कारको आरोपमा शिक्षक पक्राउ

जनता अभियान सोमबार, जेठ ०८, २०८०

दाङमा विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका एक जना  शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेना शान्तिनगर गाउँपालिका–७ बस्ने ३५ वर्षका शिक्षक खुमानन्द पौडेल रहेका प्रहरीले जनाएको छन् ।

०७९ चैत्र २१ गते  शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति माविको धनौरीमा होस्टेलमा बस्ने १६ वर्षकी छात्रालाई बलात्कार गरेको भन्दै शिक्षक पौडेल विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

जाहेरी परे लगतै भागेर भारत पुगेका आरोपी पौडेललाई काउन्टर पार्टसको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको  प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्