एम्बाप्पेको सानदार प्रदर्शनमा पीएसजी फ्रेन्च लिगको उपाधि नजिक

जनता अभियान सोमबार, जेठ ०८, २०८०

केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले  जित हात पारेको छ ।

फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पीएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ। गय राति अक्सेरेमाथि २–१ को जित निकाल्दै पीएसजी उपाधि भन्दा एक कदम पछाडि रहन पुगेको हो ।

फ्रेन्च लिग वानमा पीएसजीले अब २ खेल खेल्न बाँकी छ । तर, उपाधि जित्नका लागि बाँकी रहेको २ खेलबाट १ अंक मात्र जोडेमा पनि पीएसजी कीर्तिमानी ११ औँ पटक च्याम्पियन बन्नेछ ।

यहाँ कमेन्ट गर्नुहोस्