सुरेन्द्र कुशवाहा शुक्रबार, जेठ १२, २०८०

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह २ अन्तर्गत रहेको श्री पशुपती शिक्षा मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत कक्षा १-५ सम्मका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।
वडा प्रतिनिधि,अभिभावक तथा शिक्षकहरुको उपस्थितिमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको हो।
विद्यालयमा अध्यनरत ५७ जना विद्यार्थि लाई दलित छात्र छात्राहरुलाई रु ४ सयका दरले वितरण गरेको थियोे ।
त्यसै गरि छात्रा सतप्रतिसत अन्तर्गत १३ जना विद्यार्थिहरुलाई रु ४ सयका दरले छात्रवृत्ति वितरण गरेका थिए भने एक जना सिमान्तकृत छात्रालाई रु ५ सय गरि जम्मा ७१ जना अध्यनरत विद्यार्थिहरु लाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्