सुरेन्द्र कुशवाहा शुक्रबार, जेठ १२, २०८०

भोक्राहा । रामधुनी सामुदायिक वन उपभोक्ता समुहको छैठाै साधारणसभा सम्पन्न भएको छ ।
वडा नम्बर १ स्थित रहेको सिंहवाहिनी वन उपभोक्त कार्यालयको प्राङ्गणमा साधारणसभा सम्पन्न भएको हो।
आयोजित साधारणसभा कार्यक्रमा वन समुहको कोषाध्यक्ष लक्ष्मि मेहताले आय विय विवरण सहित प्रसुत गर्नु भएको थियो ।
कार्यक्रम हिरा लाल मेहताको अध्यक्षतामा सुरु भएको थियो ।भने प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजदले व्यानर वाचन गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
साहयक वन अधिकृत श्याम महतो आफ्नो मन्तव्यमा
वन जङ्गलमा भएका सम्पुर्ण जीव जनावरहरुको संरक्षण गर्नु नै हाम्रो मानवताको कर्तव्य हो।
कार्यक्रमा आतिथ्यमा भोक्राहा नरसिंह १ का वडा अध्यक्ष लक्ष्मण मेहता, भोक्राहा नरसिंह नेपाली काङ्ग्रेस युवराज दाहाल , नेकपा एकीकृतका चन्दन मेहता, राप्रपाका सालिग्रा कोइराला , वडा सदस्य अकलु मेहता, अमजद मिया, सरिता उराँव , राम कुमार मेहता, उमेश कुमार मेहता ,शिव नारायण मेहता लगायत रामधुनी वन उपभोक्ता सदस्यहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।