जनता अभियान सोमबार, जेठ १५, २०८०

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ परेका छन्।
राजापुर नगरपालिका-५ बस्ने २४ वर्षीय केदारनाथ चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
राजापुर नगरपालिका-३ मुरैयामा ती किशोरीलाई जेठ ८ गते चौधरीले जबरजस्ती करणी गरेको आरोप छ।
उजुरी परेपछि इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यहाँ कमेन्ट गर्नुहोस्