जनता अभियान सोमबार, जेठ १५, २०८०

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब, ९७ अर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै विद्यालय तह, प्राविधिक र उच्च शिक्षाका लागि ३ अर्ब विनियोजन गरिएको बताए।
उनले प्रारम्भिक बाल विकास केन्द्रको पुन नक्सांकन गरिने जानकारी दिए।
सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरेको छ।
यहाँ कमेन्ट गर्नुहोस्