बालकृष्ण खाँण, टोपबहादुर रायमाझीहरूको थुनछेक सुरू

जनता अभियान आइतबार, जेठ २१, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायतलाई थुनछेक बहसका लागि काठमाडौं अदालतमा उपस्थित गराइएको छ।

उक्त प्रकरणमा पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहसका लागि उनीहरूलाई आइतबार काठमाडौं अदालतमा उपस्थित गराइएको हो।

थुनछेक बहसका क्रममा दुबै पक्षको बहस सकिएपछि अदालते पुर्पक्षमा पठाउने वा धरौटी अथवा सामान्य तारिकमा छाड्ने भन्नेबारेमा आदेश दिनेछ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहित फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप लगायतका मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्