डिप टुबेल गाडिएपछि किसानलाई राहत

विनोद मेहता आइतबार, जेठ २८, २०८०

 सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा डिप टुबेल गाडिएपछि किसानले राहत महसुस गरेका छन्। देवानगन्ज–५ मा किसानहरुलाई सिंचाई गर्न सहजताका लागि आइतबार डिप टुवेलको उद्वघाटन गरिएको हो।
कोशी प्रदेशसभा सदस्य रामप्रसाद मेहता र देवनागञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले डिप टुवेलको संयुक्त रूपमा उद्वघाटन गरेका हुन्। यसअघि जग्गा भएर पनि यहाँका किसानहरुले सिँचाई अभाव झेलिरहेका थिए।
यसैले, किसानको माग सम्बोधन गर्नका लागि ठाउँठाउँमा डिप टुवेलको व्यवस्था गर्ने प्रदेश र स्थानीय सरकारको लक्ष्य अनुसारकै डिप टुवेलको उद्घाटन गरिएको पालिका अध्यक्ष मेहताले जानकारी दिए। स्थानीय किसानहरूले आफूहरुको माग सम्बोधन भएको भन्दै खुसी व्यक्त गरेका थिए।
उद्वघाटन कार्यक्रममा वडाध्यक्ष मनोज मण्डल, जगनरायण मेहता, प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल, प्रशासन शाखा प्रमुख मचिन्द्र थलङ्ग लिम्बुलगायत स्थानियहरूको सहभागिता रहेको थियो।

यहाँ कमेन्ट गर्नुहोस्