नेपालले दियो यूएईलाई २७७ रनको लक्ष्य

जनता अभियान मंगलबार, जेठ ३०, २०८०

नेपालले आईसीसी एकदिवसीय विश्व कप छनोटअघि अभ्यास खेलमा यूएईलाई २ सय ७७ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २ सय ७६ रन बनाउँदा अलआउट भयो । यूएईले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीवार ओमानसँग खेल्नेछ । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्