‘आदिपुरुष’लाई नेगेटिभ रिभ्यु दिएको भन्दै प्रभासका फ्यानले दर्शकलाई कुटे

जनता अभियान शनिबार, आषाढ ०२, २०८०

फिल्म ‘आदिपुरुष’लाई नेगेटिभ रिभ्यु दिएको भन्दै प्रभासका फ्यानले एक व्यक्तिलाई कुटपिट गरेका छन् ।

फिल्मको कथा र भिएफएक्स निकै कमजोर भएको भन्दै नेगेटिभ रिभ्यु दिएपछि उनलाई कुटपिट गरिएको भारतीय मिडियामा उल्लेख छ ।

शुक्रबारबाट रिलिज भएको फिल्मले फ्यानबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । तर फिल्म समीक्षकले ‘आदिपुरुष’ लाई निकै कम रेटिङ दिएका छन् । फिल्म समीक्षक तरण आदर्शले ‘आदिपुरुष’लाई १.५ रेटिङ दिदै फिल्म निराशाजनक रहेको प्रतिक्रिया दिएका छन् ।

हिन्दू धर्मग्रन्थ रामायणमा आधारित यो फिल्ममा राघवको भूमिकामा प्रभास, जानकीको भूमिकामा कृति सेनन, लक्ष्मणको चरित्रमा सन्नी सिंह र लंकेशको भूमिकामा सैफअली खान छन् ।

यहाँ कमेन्ट गर्नुहोस्