जनता अभियान आइतबार, आषाढ ०३, २०८०

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परेर बेपत्ता भएका एक जनाको शव भेटिएको छ ।
पहिरोले पुरिएका चारमध्ये एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूका अनुसार ३० वर्षका गणेश तामाङको शव फेला परेको हो ।
प्रहरीका अनुसार ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३३ वर्षीया सन्ध्या बुढाक्षेत्री र उनकै नाती नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेका छन् ।
स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्