काेशीमा बाढी पहिरो : ४ जनाको मृत्यु, २८ जना अझै बेपत्ता

जनता अभियान सोमबार, आषाढ ०४, २०८०

शनिबार  वर्षासँगै  आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा चार जनाको मृत्यु  भएको २८ जना बेपत्ता भएका छन् ।

कोशी प्रदेश प्रहरी  कार्यालय विराटनगरको पछिल्लो विवरण अनुसार पहिरोमा परी ताप्लेजुङमा दुई जना र बाढीले बगाएर संखुवासभा र भोजपुरमा दुई जनाको मृत्यु भएको हो ।

बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता  छन् । प्रहरीका अनुसार   तीन जना महिला र   २५ जना बेपत्ता भएका  हुन् । बेपत्ता मध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन् ।

पाँचथरमा ५, ताप्लेजुङमा ३, भोजपुरमा २ जना बेत्तपा भएका बेपत्ताहरुको  खोजी कार्य भइरहेको प्रदेश प्रहरीले जानाएको छ ।  प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ ।  मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ ।

संखुवासभाको  चैनपुर नगरपालिका ४ मा हेवा खोलामा निर्माणधिन सुपर हेँवा  हाइड्रोमा बाढी पस्दा हाइड्रोका १८ जना कामदार बेपत्ता भएका छन् ।

तीन जना घाइते कामदारको उद्दार भएको थियो ।  अन्य  कामदार अझै   बेपत्ता छन् । बेपत्ताको खोजी कार्यका लागि जिल्लामा प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी  दिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्