सुरेन्द्र मेहता सोमबार, आषाढ ०४, २०८०

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कृषि पेसामा आधारित किसानहरु लाई प्रधाननमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी बाली विकास कार्यक्रम अन्तर्गत कृषि सामाग्रीहरु वितरण गरेका छन।
पालिका वडा नम्बर ७ अन्तर्गत रहेकोे उतम कृषि सहकारी संस्था लिमिटेडको योजनामा किसानहरु लाई कृषि सामग्री वितरण गरेको हो। भने सहयोग भोक्राहा नरसिंह गाउँपालिकाले गरेका हुन।
उतम सहकारी संस्था लिमिटेडको अध्यक्ष पन्कज कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थिए। भने कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अजम अख्त आजादले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
पावर स्पेयर २५ थान , तरकारी बोक्ने कयारेट २२० थान,पानी तान्ने मोटर ३ थान गरि जम्मा ६० जना किसानहरु लाई ५०% अनुदानमा कृषि सामग्री वितरण गरेको उतम कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पंकज कुमार यादवले जानकारी दिएका हुन ।