सैनिक कल्याणकारी भवनमा आगलागी हुँदा पसलमा क्षति

जनता अभियान बुधबार, आषाढ ०६, २०८०

काठमाडौं महानगरपालिका-२२ स्थित सैनिक कल्याणकारी भवनमा मंगलबार राति आगलागी भएको छ ।

आगलागीबाट भवनको दोस्रो तलामा रहेको छिरिङ डोल्कर गुरुङ र छिरिङ ओङ्मा गुरुङको रेडिमेन्ट होलसेल कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा पसलमा रहेको कपडाहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगो राति नै निभाइएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्