मेयर बालेनको निर्णयविरुद्ध फिल्म हल सञ्चालकहरू पुगे अदालत

जनता अभियान बुधबार, आषाढ ०६, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णयविरुद्ध हल संचालकहरू अदालत पुगेका छन् ।

नेपाल चलचित्र संघले मेयर बालेनको निर्णयविरुद्ध बुधबार उच्च अदालतमा रिट दायर गरेका छ । बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको पाटन उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी चलचित्र आदिपुरुषको सीता भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै महानगरपालिकाभित्रका हलमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

यो रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्