जनता अभियान शनिबार, आषाढ २३, २०८०

सर्लाहीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
हत्यामा संलग्न श्रीमान् हरिवन नगरपालिका ५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोस महतो भन्ने अर्जुन महतोलाई प्रहरीले पक्राउ गरेको छ।
घरायसी झग्डाका कारण शुक्रबार दिउँसो उनले श्रीमती २८ वर्षीया नैनकुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारूले जानकारी दिए।
महतोले श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्