जनता अभियान शुक्रबार, साउन ०५, २०८०

झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु सङ्क्रमण फैलिएको छ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको सङ्ख्या तीन सय १२ जना पुगिसकेको छ।
पछिल्लो साता झापामा चार, मोरङमा नौ, सुनसरीमा ५३, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेङ्गुका बिरामी फेला परेका छन्।
एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन थालेको छ।
आम ज्वरोभन्दा निकै तीव्र ज्वरो आउनु, टाउको दुख्नु, खानामा स्वाद थाहा नहुनु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेङ्गुका बिरामीमा देखिन्छन्।
गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ।
यहाँ कमेन्ट गर्नुहोस्