जनता अभियान शुक्रबार, साउन ०५, २०८०

सुनसरीको धरानको सडकखण्डमा गोली हानी एक युवकको हत्या भएको छ।
गोली लागेर विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बेलुका मुलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो।
प्रहरीका अनुसार मृतकको मोबाइल, रकम, गरगहना पनि लुटिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
‘कोसी राजमार्ग सेउती खोलानजिकै साँझ ५:३५ मा तीन जनाको समूहमा रहेकाले गोली हानी लुटपाट गरेका हुन्,’ सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले भने।
गोली हान्ने व्यक्ति फरार छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्