जनता अभियान शुक्रबार, साउन ०५, २०८०

नेपालमा गाईभैँसीमा फैलिएको लम्पी स्किन रोग अहिले चौंरी गाईमा समेत देखापरेको छ।
गोसाँईकुण्ड गाँउपालिका पशु सेवाका अनुसार लम्पी स्किन रोगका कारण एक याकसहित २१ वटा चौंरी मरेको जानकारी दिएको छ।
गोसाँईकुण्ड गाँउपालिका ५ को चोलाङ्पाटी र ६ नम्बर वडाको पाङ्लिङ खर्कका चौरीहरुमा लम्पी स्किन देखा परेको छ।
रोगको लक्षणका आधारमा सामान्य तया ज्वरो नियन्त्रण गर्ने औषधि तथा खाना रुचाउने औषधि आवश्यकताका अधारमा प्रयोग गरिदै आएको पशुशाखा कार्यालयले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्