जनता अभियान शनिबार, साउन ०६, २०८०

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बाङ्गेसिमलमा एसिड प्रहार गर्ने एक जना प्रकाउ परेका छन्।
प्रकाउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर-१४ बस्ने १६ वर्षीया आशिष सुनार रहेका छन्।
शुक्रबार साँझ ५ बजे भेरीखर्कबाट वीरेन्द्रनगर तर्फ आउँदै गरेकी १७ वर्षीया सोबिता बुढालाई एसिड प्रहार गर्ने तीन जना मध्य एक जनालाई प्रहरी प्रकाउ गरेको हो।
एसिड सोबिता बुढालाई नलागी सँगै आएका बराहताल गाउँपालिका-१० का २२ वर्षीया नेत्रवहादुर शाहीको बायाँ हातको नाडीमा लागेर घाइते भएको प्रहरीले जनाएको छ।
थप फरार भएका २२ वर्षीया कबिराम बिष्ट र ३० बर्षीया सन्तोष सुनारको खोजी तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्